Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

एनएमबि बैंकले गर्‍याे दसौँ हेरिटेज वाक कार्यक्रम

एनएमबि बैंकले गर्‍याे दसौँ हेरिटेज वाक कार्यक्रम

काठमाडौं, ३ वैशाख । एनएमबि बैंकले दसौँ हेरिटेज वाक कार्यक्रमकाे आयोजना गरेका छ। बबरमहलस्थित बैंकको कर्पोरेट भवनबाट पाटन दरबार स्क्वायरसम्म हेरिटेज वाक गरीएकाे हाे ।

बैंकका अनुसार समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले हेरिटेज वाक आयोजना गरिएकाे हाे।बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा प्लेकार्डसहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्तिथ थिए। कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ चार लाख ९० हजार रुपैयाँ सहयोगका साथै पाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ।

बैंकले यस्ताे कार्यक्रम सबै प्रदेशमा गरेकाे छ । जस अन्तर्गत कोशी प्रदेशमा ब्रम्हनन्द पुलदेखि बाराहक्षेत्र मन्दिरसम्म, मधेष प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक सम्पन्न गरेको हाे।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x