Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

स्थायी नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार नाघ्यो

स्थायी नम्बर लिने करदाताको संख्या ५३ लाख ४१ हजार नाघ्यो

काठमाडौं, ११ वैशाख । नेपालमा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ५३ लाख ४१ हजार नाघेको छ । चालू आर्थिक वर्षको ८ महिनामा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता ३४ लाख ५२ हजार ४ सय १६, व्यवसायिक स्थायी लेखा नम्बर लिने १८ लाख ६३ हजार ८ सय ८ र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २४ हजार ९ सय ५४ पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ७ हजार ७ सय १० र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या १ लाख २० हजार २ सय ९२ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ८ महिनामा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या भन्दा चालु चालू आर्थिक वर्षको पहिलो ८ महिनामा यस्तो सङ्ख्यामा ४६.६ प्रतिशतले कमि आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x