Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आगामी बजेटका लागि नेपाल चामल तेल दाल उद्योग संघले दियाे सरकारलाई सुझाव

आगामी बजेटका लागि नेपाल चामल तेल दाल उद्योग संघले दियाे सरकारलाई सुझाव

काठमाडाैं, ७ जेठ । नेपाल चामल तेल दाल उद्योग संघले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका लागि सुझाव पेश गरेको छ। संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय उत्पादनमा टेवा पुग्ने गरी आन्तरिक उत्पादनलाई बढावा दिन सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गर्न र खाद्यान्नका लागि आवस्यक पर्ने कच्चा पदार्थको आयातमा कर छुटको आह्वान गरेको हो ।

संघका अध्यक्ष सुवोध गुप्तालले कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्ट नीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत विउ बिजन र मल जलको पूर्ण व्यवस्थापन नहुनु, राज्यका कमजोर पक्ष हुन यसले कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमन तर्फ लैजान सक्ने कुनै ठोस संकेत नदेखिएको बताए।

राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी विशेष प्राथमिकताका साथ गम्भिर बहस गर्न जरुरी रहेको अध्यक्ष गुप्ताको भनाइ छ ।हरेक आर्थिक वर्षका बजेट घोषणा गर्दा विभिन्न शिर्षकहरु प्रष्ट रुपमा उल्लेख नगरी अन्योलनै राखेको पाईन्छ । यस्तो अन्योलमा नेपालका चामल तेल र दाल उद्योगहरु समेत पटक पटक चपेटामा परेकाछन । उद्योगले उत्पादन गर्ने वस्तुमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर, भन्सार महसुल लगाएत अन्य असमान करका दरले कृषि उद्योगलाई मात्र नभई समग्र क्षेत्रलाईनै प्रभावित पारेको संघको दावी छ ।

विगतका वर्षदेखी नै सरकारले कच्चा र तयारी वस्तुमा उद्योगहरुलाई १÷२ तहको भन्सार दर फरक गरिने भनिएपनि कृषि उद्योग दालमा भने व्यवहारिक रुपमा पूर्णतहः लागु हुन नसकेको बताए । जसले गर्दा स्वदेशी दाल उद्योग प्रभावित बनेको संघको ठहर छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x