Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा एक अर्ब १७ करोड ६० लाख रुपियाँ, विकास बैङ्कहरूमा २२ करोड पाँच लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा सात करोड ३५ लाख रुपियाँ गरी कुल एक अर्ब ४७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले निक्षेप २०८० असार १ देखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले जेठ २५ गते बिहीबारसम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने छ ।

राष्ट्र बैङ्कको निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ ।

त्यसै गरी निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्त तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x