७.३ प्रतिशतले बढ्याे बैंक तथा वित्तिय संस्थामा रहेकाे निक्षेप
काठमाडाैं, २७ जेठ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा ७.३ प्रतिशतले निक्षेप परिचालन बढेकाे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांक अनुसार १० महिनाकाे अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेकाे निक्षेप रु. ३७० अर्ब ७८ करोडले बढेकाे हाे ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२३१ अर्ब ३२ करोड (५.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ६०.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको थियो।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो निक्षेपको अंश ३८.४ प्रतिशत रहेको थियो।