१४.०५ अंकले घट्याे नेप्स परिसूचक, तीन अर्ब ४९ करोडको कारोबार
काठमाडौं, ६ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.०५ अंकले घटेर दुई हजार ५० दशमलब ७८ विन्दुमा बन्द भएको छ ।
आज तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आव सिटी होटल्स लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २६१.४० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी थ्रिन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।