Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एडीबीद्वारा नेपाललाई साढे ६ अर्ब ऋण सहायता

एडीबीद्वारा नेपाललाई साढे ६ अर्ब ऋण सहायता

काठमाडौं, १३ असार । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृति गरेको हो ।

अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ । सरकारले लिएको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने भएको छ ।व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x