Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शुक्रवारदेखि एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’

शुक्रवारदेखि एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’

काठमाडौं, २७ असार । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्ड सुविधा भने चालु रहने बैंकले जनाएका छन् ।

यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि कायम हुने बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–१ हात्तीसारमा रहने जनाइएको छ ।

राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिअनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्ने÷गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर छवटा कायम भएका छन् । गत पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक मर्जर र प्राप्तिमा गएका थिए । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’, प्रभु बैंक लिमिटेडले सेन्चुरी बैंकलाई एक्विजिसन गरेर ‘प्रभु बैंक लिमिटेड’ र मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ बनेका थिए ।

त्यस्तै, गत फागुनमा हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको थियो । यसअघि गत आर्थिक वर्ष नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मङ्सिरमा जनता बैंक गाभेको थियो । २०७० साल असारमा एनआइसी बैंक र बैंक अफ एसिया गाभिएर एनआइसी एसिया बैंक बनेको थियो । प्रभु बैंकले २०७१ भदौमा किस्ट बैंक र २०७२ फागुनमा ग्रान्ड बैंक गाभेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x