Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मिटरब्याजीलाइ कारबाही गर्न ल्याएको विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

मिटरब्याजीलाइ कारबाही गर्न ल्याएको विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गर्नुभएको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपतिले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विधेयक प्रमाणीकरण भएसँगै ऐनको रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वनयमा जानेछ । विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले हिजो सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।

विधेयकमा कम रकम दिई बढीको लिखत बनाउने, रकम नै नदिई लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x