Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बाह्रबिसे सबस्टेसन तीन महिनाभित्र सक्न कुलमानको निर्देशन

बाह्रबिसे सबस्टेसन तीन महिनाभित्र सक्न कुलमानको निर्देशन

काठमाडौं, १४ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिन्धुपाल्चोकको २२० केभी सबस्टेसनको निर्माण कार्य तीन महिनाभित्र सक्न निर्देशन दिएका छन्।

शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै घिसिङले सबस्टेसन निर्माण ढिला भइरहेको भन्दै कामदार थपेर भएपनि छिटो सक्न निर्देशन दिए।

 

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले गरिरहेको छ। चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिने छ।

यो सबस्टेसनको निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x