मौद्रिक नीतिपछि एकदिन बढेको बजार पुनः भीरालो
काठमाडाैं, १६ साउन । साेमबार बढेकाे नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबार ओरालो लागेकाे छ । आज नेप्से परिसूचक २८.५९ अंकले घटेर २ हजार ७७. ५८ काे बिन्दुमा झरेकाे हाे ।
आजको कारोबारमा विभिन्न दुई सय ६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर १ अर्ब ९२ कराेड ४४ लाख ३४ हजार ८९९ रूपैयाँकाे काराेबार भएकाे छ ।
यस दिन सबैभन्दा बढी निर्जिवन बिमा समुह, फाइनान्स र हाेटल एण्ड टुरिजम समूहको उपसूचक सबैभन्दा बढी घटेकाे छ भने म्युचुअल फण्ड समुहकाे उपसूचक बढेकाे छ ।