नेता–कार्यकर्ता पोस्न राज्य कोषको दोहन, ९ वर्षमा १ अर्ब ३५ करोड बाँडियो (कुन वर्ष कति बिवरणसहित)
काठमाडौं, ४ भदौं । सरकारले हरेक वर्ष आर्थिक सहायताका नाममा ठूलो रकम राजनीतिक दलका नेता र तीनका कार्यकर्तालाई दिँदै आएको छ। पछिल्लो नौ वर्षमा मात्रै सरकारले १ अर्ब ३५ करोड रुपैयाँ आर्थिक सहायताका नाममा बितरण गरेको पाइएको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै आर्थिक सहायताको नाममा २ करोड ४० लाख रुपैयाँ वितरण गरेको देखिन्छ ।
हरेक सरकारले अनुदना रकमलाई मनोमानी बढ्दै आएका छन् ।
हेरौं कुन सरकारले कहिले कति रकम बाँडे ?
– आर्थिक वर्ष २०७२–०७३ मा १६ करोड ४० लाख ३५ हजार रुपैयाँ
– आर्थिक वर्ष २०७३–०७४ मा २९ करोड ६ लाख ८ हजार रुपैयाँ
– आर्थिक वर्ष २०७४–०७५ मा ३१ करोड ८० लाख रुपैयाँ
– आर्थिक वर्ष २०७५–०७६ मा १३ करोड ४ लाख रुपैयाँ
– आर्थिक वर्ष २०७६–०७७ मा ९ करोड ११ लाख ६७ हजार रुपैयाँ
– आर्थिक वर्ष २०७७–०७८ मा ७ करोड ९३ लाख रुपैयाँ
– आर्थिक वर्ष २०७८–०७९ मा १६ करोड २६ लाख ९८ हजार रुपैयाँ
– आर्थिक वर्ष २०७९–०८० मा ८ करोड ८६ लाख ७३ हजार रुपैयाँ
आर्थिक सहायता पछिल्लो समय आवश्यकता र औचित्यभन्दा पनि सत्ता र शक्तिमा रहेकाहरुले आफू अनुकुल वितरण गर्दै आएको छ। अझ त्यसमा पनि चाडपर्वको मुख, चुनावको समय र आर्थिक वर्ष समाप्त हुने बेलामा ठूलो आर्थिक सहायताको नाममा वितरण गर्दै आएको छ । नागरिकले तिरेको करमा मनोमानी गर्दा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि नेता तथा तिनका कार्यकर्ताले धेरै यस्तो सहायता पाएका छन् ।