Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

श्रीलङ्कामा खडेरी : ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट

श्रीलङ्कामा खडेरी : ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट

काठमाडाैं, ५ भदाै । श्रीलङ्कामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ ।

कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।

दक्षिण एसियाली देश श्रीलङ्काको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताउनुभयो ।

श्रीलङ्काको मौसम विभागले देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x