Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

बीमा कम्पनीले हकप्रद निष्कासन गर्न पाउने

बीमा कम्पनीले हकप्रद निष्कासन गर्न पाउने

काठमाडौं, ८ भदौ । नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले चार वटा जीवन र चार वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको हो ।

प्राधिकरणले लाइफ इन्स्योरेन्सतर्फ एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, सुर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यस्तै निर्जीवनतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआईसी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेको इन्स्योरेन्सलाई हकप्रद निष्कासन गर्न अनुमति दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार एशियन लाइफ इन्स्योरेन्सलाई सबैभन्दा बढी ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न दिने निर्णय भएको छ । हाल एशियन लाइफको चुक्तापूँजी तीन अर्ब १५ करोड ४३ लाख ५ सय १७ रुपैयाँ रहेको छ ।

चार अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको छ । चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँ चुक्तापूँजी रहेको सुर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ ।

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । हाल प्रभु महालक्ष्मीको चुक्तापूँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरूले पाँच अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउनुपर्ने व्यवस्था छ ।

त्यस्तै निर्जीवन बीमातर्फ युनाइटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स र सानिमा जिआईसीले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएका छन् । हाल नेकोको चुक्तापूँजी दुई अर्ब एक करोड २३ लाख ६१ हजार रुपैयाँ छ । सानिमा जिआईसीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ रहेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले १२ प्रतिशत हकप्रद निष्कासन गर्न पाउने अनुमति पाएको छ । हाल यो कम्पनीको चुक्तापूँजी दुई अर्ब २३ करोड ९९ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई पनि २०८० असार मसान्तभित्र दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मर्जरमा गएर पनि यी कम्पनीले तोकिएको चुक्तापूँजी प¥याउन नसकेकाले प्राधिकरणले हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x