Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

विद्युत ब्यापारको लाइसेन्स कुर्दै निजी क्षेत्र, १२ सय मेगावाट बिक्रीको सम्झौता गरेको दाबी

विद्युत ब्यापारको लाइसेन्स कुर्दै निजी क्षेत्र, १२ सय मेगावाट बिक्रीको सम्झौता गरेको दाबी

काठमाडौं, ८ भदौ । अहिले नेपालको कुल विद्युत उत्पादन २९ सय मेगावाट हो भने खपत पिक आवरमा १७ सय मेगावाट मात्र हो । भारतले अहिलेसम्म ४५२ मेगावाट मात्र विद्युत खरिद गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्ना आयोजनाको ६ सय मेगावाट विद्युत खरिदका लागि आवेदन दिएकोमा अहिलेसम्म खरिद अनुमति दिएको छैन जसको कारण करिब ७ सय मेगावाट विद्युत दैनिक खेरा गइरहेको छ ।

यो अवस्थामा निजी क्षेत्रले विद्युत आयात–निर्यात गर्न पाउने लाइसेन्स हात पार्न सरकारमाथि दबाब बढाएको छ । नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेको विद्युत व्यापारमा आउन तीब्र इच्छुक निजी क्षेत्रले जतिसक्दो छिटो कानुन संशोधन गरेर लाइसेन्स दिन माग गरिरहेको छ । विद्युत खेर जादा पनि सरकार निजि क्षेत्रलाई अनुमति दिन आनाकानी गरिरहेको छ ।

विद्युत व्यापारको लाइसेन्स पाए विदेशमा आफैं बजार खोज्ने इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी बताउँछन् । १२ सय मेगावाट विद्युत भारतमा बिक्री गर्ने समझदारी भइसकेको पनि उहाँले जानकारि दिनुभयो । सरकारले अनुमति दिए थप विद्युत बिक्री गर्ने निजि क्षेत्रको अपेक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x