Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लयमा फर्कदै होटेल तथा पर्यटन व्यवसाय, नाफामा उलेख्य वृद्धि

लयमा फर्कदै होटेल तथा पर्यटन व्यवसाय, नाफामा उलेख्य वृद्धि

काठमाडौं, १० भदौ । कोभिड महामारीका कारण समस्यामा परेको होटेल तथा पर्यटन व्यवसाय अहिले लयमा फर्किएको छ । आन्तरिक तथा वाह्य पर्यटकहरू बढेसँगै यो व्यवसायमा रौनाम छाउन थालेको हो ।

कोभिड महामारीपछिको वर्ष पनि केही नोक्सानीमा रहेको यो व्यवसाय अहिले भने नाफामा जान थालेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटेल तथा पर्यटन समूहका कम्पनीहरूलाई आधार मान्ने हो भने अहिले यो क्षेत्र पहिलेकै लयमा फर्किएको छ । तर, समय अनुसार जति फैलनुपर्ने हो त्यत्ति भने फैलन सकेका छैन ।

हाल नेप्सेमा होटेल तथा पर्यटन समूहमा सोल्टी, तारागाउँ रेजेन्सी, ओरेन्टियल, सिटी होटेल, चन्द्रागिरि हिल्स र कालिन्चोक दर्शन सूचीकृत छन् । यी ६ कम्पनीमध्ये सिटि होटेल मात्र घाटामा रहेको छ । यो होटेल भर्खरै सञ्चालनमा आएको होटेल हो । बाँकी पाँच वटा कम्पनीको नाफा भने उल्लेख्य रूपमा वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा यी ६ वटा कम्पनीहरूले कुल एक अर्बभन्दा बढी नाफा कमाएका छन् । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२५ प्रतिशत बढी हो । अघिल्लो आवमा यी कम्पनीहरूको नाफा कुल ४५ करोड दुई लाख रुपैयाँ थियो ।

केही समयअगाडि आईपीओ निष्कासन गरेको सिटि होटल भने गत आर्थिक वर्षमा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा छ । अघिल्लो आवमा पनि कम्पनी चार करोड ४६ लाख रुपैयाँ नोक्सानीमा थियो ।
अघिल्लो आवमा दुई करोड ४६ लाख नोक्सानीमा रहेको ओरियण्टल होटल्स भने गत आवमा १७ करोड ८४ लाख नाफामा छ ।

गत आव २०७९/८० को सुरूमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा व्यवसाय खस्किएको थियो । वर्षको अन्त्यतिर आउँदा यो क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ ।

सबैभन्दा बढी सोल्टी होटलले ५४ करोड ५१ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८३.४० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

होटेल तथा पर्यटन समूहमध्ये सर्वाधिक नाफा कमाउने कम्पनीको सूचीको दोस्रोमा तारागाउँ रिजेन्सी होटल्स छ । उक्त कम्पनीले गत आवमा ३८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x