Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

जनैपूर्णिमा मनाउँदै हुनुहुन्छ ? कस्तो छ तयारी ? यस्तो छ असन बजारको माहोल (फोटो कथा)

जनैपूर्णिमा मनाउँदै हुनुहुन्छ ? कस्तो छ तयारी ? यस्तो छ असन बजारको माहोल (फोटो कथा)

काठमाडौं, १३ भदौ । असन बजार, नाम सुन्नेबित्तिकै हामी सबैको मनमा आउने चित्र हो– मानिसको बाक्लो चहलपहल, विभिन्न वस्तुको व्यापारमा तल्लीन व्यापारीहरू र सामान तथा वस्तु नै नकिने पनि हेर्न मन लाग्ने माहौल । यी त सामान्य झलक मात्र हुन् । मानिस र उनीहरूको रुचिअनुसार उनीहरूमा असन बजारबारे आउने विम्ब फरक फरक पनि हुन सक्छ । जे होस्, असन बजारको रौनक अपवाद बाहेक सधैं उस्तै हुन्छ ।

मनसुन सकिने चरणमा प्रवेश गर्दै गर्दा यस वर्षका चाडपर्व पनि शुरू हुन थालिसकेका छन् । अघिल्लो साता नागपञ्चमीबाट चाडपर्वको श्रीगणेश भएको छ । यससँगै भोलि (बिहीवार) हिन्दू नेपालीहरूको ठूलो पर्व जनैपूर्णिमा, रक्षाबन्धन तथा गाईजात्रा समेत शुरू हुँदैछ । अन्य पर्वमा जस्तै यस पर्वमा पनि सरसामान किन्ने र बेच्नेहरूको माहौलले असन बजार गर्माएको छ ।

भलै व्यापारीहरू आर्थिक मन्दीको प्रभावले व्यापार भने पहिलेजस्तो नभएको बताउँछन् । यद्यपि बिहान तथा साँझको समयमा असन बजारमा मानिसहरुको घुइँचो नै देखिन्छ । यस पर्वका लागि बजारमा कोही क्वाँटी÷गेडागुडी, जनै, रक्षाबन्धन (राखी समेत) किन्न व्यस्त देखिन्छन् । यस्तै गाईजात्राका लागि आवश्यक सामान किन्नेहरूको पनि घुइँचो नै देखिन्छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x