भोजपुरको टुंगेछामा भूकम्प
भोजपुरको टुंगेछालाई केन्द्रविन्दु बनाएर आज बिहान १ बजेर ११ मिनेटमा भूकम्प गएको छ ।
भोजपुरको टुंगेछा र आसपासमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि बझाङको खिरतडी क्षेत्रमा गत भदौ ७ गते ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा भूकम्पका घटना बढ्दै गएका छन् ।