Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा

रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा

दमौली, १५ भदौ : तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमबाट दुई सय ७१ कृषक लाभान्वित भएका छन् ।

जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम तीन सय १८ बङ्गुरको बीमा गरिएको थियो । बीमाका लागि रू ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने रू १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ६४ गाई, चार सय ७८ भैँसी, एक हजार चार सय ८४ बाख्रा, २५ हजार छ सय ५० कुखुरा, तीन सय १८ बङ्गुरको बीमा गरिएको छ ।

जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x