Date

शनि, पुस १३, २०८१
Sat, December 28, 2024

जनसंख्याको ७३ प्रतिशत पुग्यो मोबाइल बैंकिङ, ५ वर्षमा डेढ गुणाले वृद्धि

जनसंख्याको ७३ प्रतिशत पुग्यो मोबाइल बैंकिङ, ५ वर्षमा डेढ गुणाले वृद्धि

काठमाडौं, १५ भदौ । पछिल्ला वर्षमा बढ्दै गएको मोबाइलको प्रयोग, आधुनिक बैंकिङ र सेवाग्राहीको वित्तीय साक्षरता समेतको प्रभाव मोबाइल बैंकिङमा परेको पाइएको छ । ग्राहकलाई सहज, सरल, छिटोछरितो र आधुनिक सेवा दिन ल्याइएको मोबाइल बैंकिङको पाँच वर्षको तथ्यांक हेर्दा यो डेढ गुणाभन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले दिएका मोबाइल बैंकिङ सेवा समावेश छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५–७६ मा मोबाइल बैंकिङ प्रयोगकर्ता ८३ लाख ४७ हजार १८७ जना रहेका थिए । आर्थिक वर्ष २०७६–७७ यो २३ प्रतिशतले बढेर १ करोड ३ लाख ६ हजार ७९७ जना पुगे । यस्तै सो आर्थिक वर्षको तुलनामा करीब ३८ प्रतिशतले बढेर आर्थिक वर्ष २०७७–७८ मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ४१ लाख ९४ हजार ८३९ पुग्यो । यस्तै आर्थिक वर्ष २०७८–७९ मा यो अघिल्लो वर्षको तुलनामा करीब २७ प्रतिशतले बढेर १ करोड ८० लाख ७ हजार २५५ जना पुगे । सो वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा प्रतिशतले बढेर करीब १७ प्रतिशतले २ करोड १३ लाख ६३ हजार ९८९ जना पुगेका छन् ।

जनसंख्याको आधारमा हेर्दा (२०७८ सालको जनागणना अनुसार) नेपालमा मोबाइल बैंकिङको पहुँच ७३.२५ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x