Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेयरपत्नीलाई जोडेर प्रकाशीत भएका समाचारप्रति महानगरको गम्भिर ध्यानाकर्षण

मेयरपत्नीलाई जोडेर प्रकाशीत भएका समाचारप्रति महानगरको गम्भिर ध्यानाकर्षण

काठमाडाैं, १७ भदाै । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार साझँ अराजक शैलिमा एक फेसबुक स्टाटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिए । उक्त फेसबुक स्टाटसलाई लिएर विभिन्न सञ्चार माध्यमले फरक एङ्गलका समाचार प्रकाशीत गरे ।

उक्त समाचारबाट उत्पन्न विवादमा काठमाडाैं मानगरकाे सचिवालयले गम्भीर ध्यानाकर्षण गराएकाे छ । सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशनरप्रसारण भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महानगरले  हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको प्रष्ट पारेकाे छ ।

विज्ञप्तीमा अगाडी भनिएकाे छ, ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरु सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे ।’

नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक भएकाे विज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ढोका खोल के हो रु कहाँ हो रु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो। प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ‘ विज्ञप्तीमा भनिएकाे छ ।

सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुनुपर्ने महानगरले जनाएकाे छ ।

‘प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ’ विज्ञप्तिमा भनिएकाे छ ।

यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा महानगरले खेद समेत प्रकट गरेकाे छ ।

पटक–पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको भन्दै महानगरले सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर नदेखिएकाे बताएका

। यसर्थ, गलत आचरण भएका केही प्रहरीहरूमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइराख्न महानगरले सरकार र ट्राफिक प्रहरीलाई आग्रह गरेकाे छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x