वर्डप्रेस वर्डक्याम्प सम्मेलन काठमाडाैंमा शुरू
काठमाडाैं, २२ भदाै । विश्व प्रसिद्ध सिएमएस वर्डप्रेसकाे दुई दिने वर्डक्याम्प सम्मेलन काठमाडाैंकाे गैरीधारामा शुरू भएकाे छ । आज र भोलि दुई दिन संचालन हुने सम्मेलनमा नेपालमा वर्डप्रेसको अवस्था र भुमिकाको बारे प्रशिक्षण दिनेछ । उक्त सम्मेलनमा देश तथा विदेशबाट ५०० भन्दा बढीकाे सहभागिता रहेकाे छ ।
वर्डप्रेस काठमाडाैंले यसमा काम गर्ने डिजाईनर, डेभलपर, कन्टेनक्रियटर, मार्केटरहरुको लागि वर्षेनी यस्ता सम्मेलनहरूकाे आयाेजना गर्ने गरेकाे छ ।
वर्डक्याम्पको आजकाे पहिलो थिम, प्लगिन, डकुमेन्टेसन, मार्केटिङ फोटो, मेटा गरि दश देखि १२ विधामा प्रशिक्षण दिइने छ । हरेक विधाको एक एक जना टिम लिडरले प्रशिक्षण दिने वर्डक्याम्प काठमाण्डौ २०२३ को प्रमुख संयोजक सुरेन्द्र श्रेष्ठ बताए ।
सम्मेलनकाे दाेस्राे दिन भने यसमा काम गर्ने विभिन्न विज्ञहरूले आफ्नो अनुभव र यसको महत्व बारे बोल्नेछन् । संसारमा यसको प्रयोगबाट ४४ प्रतिशत भन्दा बढी वेवसाइटहरु निर्माण भएका छन्।