नेपाल मेडिसिटी अस्पतालले शुरु गर्यो एमआरसीपी युके पीएसीईएस परीक्षा
काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी अस्पताल नेपालमा पहिलो पटक एमआरपिसी युके पीएसीईएस परीक्षाको सञ्चालक बनेको छ । यो अस्पतालले पाइलट प्रोजेक्टको रुपमा उक्त परीक्षा सञ्चालनका लागि फेडेरेशन अफ रोयल कलेज अफ फिजिसियन्स, युकेसँग सहकार्य गरेको छ ।
उक्त योजनाअनुसार नेपालभरका २४ डाक्टरले गत बिहीवार र शुक्रवार परीक्षा दिएका छन् । एमआरसीपी क्लिनिकल एक्जामिनेशन उच्च विशेषज्ञ तालीममा सहभागी हुन चाहने डाक्टरको चिकित्सकीय ज्ञान तथा दक्षता परीक्षणका लागि तयार गरिएको बताइएको छ ।