सिनियर टुरगाइड कपिल बञ्जाराद्वारा तयार पारिएको पुस्तक सार्वजनिक
काठमाडौं, २७ भदौं । सिनियर टुरगाइड कपिल बञ्जाराद्वारा तयार पारिएको पुस्तक Visit Nepal (Encyclopedia of Himawat Khanda) पुस्तक सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो ।
पर्यटन क्षेत्रका विज्ञ, व्यवसायीक व्यक्तिहरु तथा विभिन्न् क्षेत्रमा पथपदर्शन गराउँदै आएकाहरुको खोज अनुसन्धान र सुझावका आधारमा उक्त पुस्तक तयार पारिएको हो । पुस्तकमा नेपाल आउने पर्यटकलाई आधारभुत साझा जानकारी, नेपालको राजनीतिक इतिहास, समाज र संस्कृति, बास्तुकला र दर्शन, युनेस्को सम्पदा क्षेत्र, अन्य ऐतिहासिक स्थल एवम् पर्यटकीय गतिविधिहरुबारे जानकारी लिइएको छ । यसर्थ यो पुस्तक पर्यटकहरुका लागि एक महत्वपूर्ण स्रोत बन्ने बताइएको छ ।
यस्तै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, नेपाली रैथाने खानका परिकारबारे समेत उल्लेख गरिएको छ । उक्त पुस्तक अध्ययनले नेपालको समग्र अवस्थाबारे जानकारी पाइने भएकले नेपालबारे चासो राख्ने हरेक व्यक्ति, नीति-निर्माता र अनुसन्धान तथा खोजकर्ताका लागि यो पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने विश्वास छ ।
उक्त कार्यक्रममा टुर्गानका अध्यक्ष बद्री नेपाल, टानका पूर्वअध्यक्ष दीपक महत, रमेश धमला लगायतका पर्यटन व्यवसायी एवम् टुरगाइडहरुको उपस्थिती रहेको थियो ।