Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

एभरेष्ट बैंकले प्रस्ताव गर्‍यो लाभांश, बोनसभन्दा नगद बढी

एभरेष्ट बैंकले प्रस्ताव गर्‍यो लाभांश, बोनसभन्दा नगद बढी

काठमाडौं, २८ भदौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १० प्रतिशत बोनस शेयर र कर समेत १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई प्राप्त हुनेछ । हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको छ ।

बैंकले गत वर्षभन्दा यो वर्ष कम लाभांश वितरण गर्ने भएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x