फेरि बढ्याे डिजेल र पेट्राेलकाे भाउ, यस्ताे छ नयाँ मूल्य सूची
काठमाडौँ, २९ भदौ । आज (शुक्रबार) मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमनले पेट्रोल प्रतिलिटर १ र डिजल प्रतिलिटर ३ रूपैयाँका दरले मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।