Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

स्वचालित मूूल्य लागूपछि पेट्रोलको मूल्य लगातार उकालो यात्रामा, दुई महिनामा १९ रुपैयाँ बढ्यो

स्वचालित मूूल्य लागूपछि पेट्रोलको मूल्य लगातार उकालो यात्रामा, दुई महिनामा १९ रुपैयाँ बढ्यो

काठमाडौं, ३० भदौ । नेपाल आयल निगमले दुई महिना अघि (असार ३१ गते) देखि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा स्वचालित मूल्य प्रणाली लागू ग¥यो । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै काठमाडौं उपत्यकामा पेट्रोलमा ६ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको थियो । यसरी घटेको मूल्य समयोजनपछि पेट्रोलको मूल्य साउन १ गतेदेखि प्रतिलिटर १६४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको थियो ।

तर, त्यसयता इण्डियन आयल कर्पाेरेशन (आईओसी)ले मूल्य बढाएर पठाएपछि नेपालमा पनि पेट्रोलको मूल्य लगातार बढेको छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि नेपालमा चार पटक मूल्य समायोजन भएको छ । साउन १६ गते, साउन ३० गते, भदौ १४ गते र भदौ २९ गते गरेर चार पटक पेट्रोलको मूल्य समयोजन भएको छ । दुई महिनाको बीचमा पेट्रोलको मूल्य १९ रुपैयाँ बढेको छ ।

स्वचालित प्रणाली लागू भएयता पेट्रोलमा ६ रुपैयाँ घटेको छ भने यसको तीन गुणा भन्दा बढी बढेको छ ।
शुक्रबार आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ १२ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ९१ पैसा बढेर आएको थियो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ । आजदेखि लागू भएको मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य सूचीअनुसार सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १८२ रुपैयाँ र डिजेल तथा मट्टीतेललाई १७२ रुपैयाँ पर्ने छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ ५० पैसा पर्नेछ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x