मापदण्ड पुरा नगरेका ढुङगा खानी तथा क्रसर उद्योग बन्द गरिदै
काभ्रे, ३० जेठ । काभ्रेमा सरकारी मापदण्ड पुरा नगरी संचालित भएका सबै क्रसर उद्योग तथा ढुङगा खानी बन्द हुने भएका छन् । काभ्रे जिल्लाम अधिकाश ढुङ्गखानी तथा क्रसर उद्योग मापदण्ड विपरित संचालन गरिदै आइएको छ । सरकारी मापदण्ड अनुसार दर्ता भएर मापदण्ड नपुगेका, नविकरण नभएका ढुङ्गा खानी तथा क्रसर उद्योगहरु प्रहरीले गृह मन्त्रालयको मौखिक र संघिय प्रहरी कार्यालयको लिखित निर्देशन अनुसार बन्द गर्न लागिएको हो ।
काभ्रे जिल्लामा हाल २२ वटा क्रसर उद्योग र १९ वटा ढुङ्गा खानी सञ्चालनमा रहेका छन् । जिल्लाको कुशादेवी, भुमिडाँडाँ, चलालगणेशस्थान, खार्पाचोक, रोशी लगायतका स्थानमा सञ्चालित उद्योगहरुबाट जिल्लामा १९ करोड भन्दा बढि बढि आम्दानी हुने गर्छ ।।