१९.४२ अंकले घट्यो शेयर बजार, २ अर्ब ३२ करोडको कारोबार
काठमाडौं, ७ असोज । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १९.४२ प्रतिशतले घटेको छ । यस दिन शेयर बजार मापक नेप्से परिसूचक ०.९५ प्रतिशतले घटेर २०१०.३५ अंकमा आइपुगेको छ ।
आइतवार २८५ कम्पनीको धितोपत्रको कारोबारमा भएकोमा १६६ ओटाको शेयरमूल्य घटेको छ भने ६२ ओटाको बढेको छ । तीन ओटाको घटबढ भएको छैन । आइतवार ९० लाख ३ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन लघुवित्त समूह बाहेक सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक घट्नेमा