Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

नेपाल–चीन: निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, यो भ्रमणमा पनि छैन व्यापारघाटा कम गर्ने एजेन्डा 

नेपाल–चीन: निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, यो भ्रमणमा पनि छैन व्यापारघाटा कम गर्ने एजेन्डा 

काठमाडौं, ८ असोज । नेपालबाट चीनमा हुने प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमणमा विभिन्न सम्झौता हुँदै आए पनि त्यसबाट नेपाललाई खासै लाभ मिलेको देखिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली यसपटक पनि शनिबारदेखि चीन भ्रमणमा छ । अहिले प्रधानमन्त्रीको भ्रमणबाट पनि चीनसँग निर्यात बढाएर व्यापार घाटा घटाउने ठोस एजेन्डा छैनन् ।

गत वर्ष नेपालले चीनबाट दुई खर्ब २२ अर्बको बस्तु आयात गर्यो भने निर्यात जम्मा एक अर्ब ७६ करोड बराबरको मात्रै । २०७२ चैतमा नेपालको चीनसँग पारवहन सम्झौता भए पनि अहिलेसम्म त्यसबाट नेपालले कुनै लाभ लिन सकेको छैन। चीनसँग पारवहन सम्झौता र यातायात तथा पारवहन प्रोटोकलमा गरेको हस्ताक्षर अलपत्रजस्तै छ। चीनसँग भएको सम्झौतामा नेपाल र चीनबीच ६ नाकाबाट तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङचुङगोला नाकाबाट व्यापार हुने उल्लेख गरिएको थियो । तर त्यो सम्झौता कार्यान्वयन ल्याउन नसक्दा नेपालको चीनबाट लाभ लिन नसकेको व्यापारविज्ञ रबिशंकर सैंजुको टिप्पणी छ ।

नेपाल–चीनबीचको व्यापारको अवस्था ?
आर्थिक वर्ष २०७५–०७६
आयात २ खर्ब ५५ अर्ब
निर्यात २ अर्ब १० करोड
व्यापारघाटा २ खर्ब ३४ अर्ब

आर्थिक वर्ष २०७६–०७७
आयात १ खर्ब ८१ अर्ब
निर्यात १ अर्ब १९ करोड
व्यापारघाटा १ खर्ब ८० अर्ब

आर्थिक वर्ष २०७७–०७८
आयात २ खर्ब ३३ अर्ब
निर्यात १ अर्ब १ करोड
व्यापारघाटा २ खर्ब ३२ अर्ब

आर्थिक वर्ष २०७८–०७९
आयात २ खर्ब ६४ अर्ब
निर्यात ८० करोड मात्र
व्यापारघाटा २ खर्ब ६३ अर्ब

आर्थिक वर्ष २०७९–०८०
आयात २ खर्ब २२ अर्ब
निर्यात १ अर्ब ७६ करोड
व्यापारघाटा २ खर्ब २० अर्ब

चीनसँग नेपालको व्यापारघाटा बार्षिक २ खर्ब रुपैयाँभन्दा बढी छ । यो विषयमा यो पटकको भ्रमण पनि खासै केन्द्रित छैन् । जसले गर्दा भ्रमण र भ्रमणका क्रममा भएका हस्ताक्षर केबल कागजमा मात्र सिमित बन्न पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x