Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

नेप्से साढे १८ अंकले बढ्यो, बढेको बजारमा हाइड्रो समूहका लगानीकर्ताले कमाए

नेप्से साढे १८ अंकले बढ्यो, बढेको बजारमा हाइड्रो समूहका लगानीकर्ताले कमाए

काठमाडौं, ९ असोज । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १८.४५ अंकले वृद्धि भएर बन्द भएको छ । यस दिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ विन्दुमा बन्द भएको हो । सोमबार भने नेप्से ५.८९ अंकले घटेको थियो ।

आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबारको तुलनामा कारोबार रकम ५२ करोड ८२ लाख रुपैयाँले बढेको छ । सोमबार एक अर्ब ५६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने आज दुई अर्ब नौ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१८ अंकले घटेको हो । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । परिसूचक बढेको आधारमा यो समूहका लागानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज मेन्छिम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयर कारोबार हुनेमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ । यो बैंकको आठ करोड ३४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज २८६ धितोपत्रको ८७ लाख चार हजार ४७७ कित्ता खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *