सिटिजन्स बैंककाे डिजिटल जागरूकता सम्बन्धी सन्देशमूलक भिडियाे सार्वजनिक
काठमाडौं,१७ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल जागरूकता सम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।
डिजिटल कनेक्टिभिटी विस्तार हुँदै जाँदा साइबर सुरक्षा खतरा, गोपनीयता भङ्ग हुने र अनलाइन ठगी जस्ता जोखिमहरू बढ्दै जान्छन् । व्यक्तिको डिजिटल सुरक्षा र गोपनीयता सुनिश्चित गर्न आवश्यक भएको, भिडियोमा जनाइएको छ ।
बैंकले ग्राहकहरुलाई अनलाइन बैंकिगको सन्दर्भमा राम्रो र सुरक्षित अनलाइन बैंकिङ अभ्यासको विकास गर्न आग्रह गरेको छ । केही सरल उपाय अपनाएमा अनलाइन ठगीबाट बचि अनलाइन बैंकिङ प्रभावकारी गर्न सक्ने सन्देश दिएको छ ।
भिडियोमा अनलाइन बैकिंङ प्रयोग गर्दा बैंकको आधिकारिक वेबसाइटबाट मात्रै प्रयोग गर्न , आधिकारिक एप मात्रै डाउनलोड गर्न , सम्भव भएसम्म आधिकारिक एप अपडेट जस्ता बानीले अनलाइन ठगीबाट बच्न सकिने बताइएको छ ।
यस्तै अनलाइन बैंकिङ प्रयोग गर्ने ल्यापटप, मोबाइल वा कुनैपनि ग्याजेटलाइ पासवर्ड, पिन वा बायोमेट्रिकले अनिवार्य रूपमा लक गर्न आग्रह गरिएको छ ।
अनलाइन ठगी, अनलाइन चोरी र अन्य आपराधिक गतिविधिका बारेमा प्रयोगकर्ता आफैं सचेत भएमा अनलाइन ठगीबाट बच्न सकिन्छ भन्ने उद्देश्यका साथ बैंकले भिडियो सार्वजनिक गरेको हो ।
पुरा भिडियाे हेर्न लिङ्कमा क्लिक गर्नुहाेस् ।