Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिवर्तन, मिति परिवर्तनको यस्तो छ कारण

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिवर्तन, मिति परिवर्तनको यस्तो छ कारण

काठमाडौं, २० कात्तिक । हिमालयन रि–इन्स्योरेन्सले कात्तिक २१ गतेदेखि निष्कासन गर्ने भनेको प्राथमिक सेयर (आईपीओ) अब मंसिर ६ गतेबाट निष्कासन गर्ने भएको छ । सार्वजनिक लेखा समितिमा यो कम्पनीको आईपीओ निष्कासनका विषयमा उजुरु परेपछि नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिस्टार्डको कार्यालयलाई यसको विषयमा जानकारी गराउन पत्र लेखिएको छ । सोही कारण हिमालयनले आफ्नो आईपीओ निष्कासन मिति परिवर्तन गरेको हुन सक्ने आकलन गरिएको छ ।

तर, बिक्री प्रबन्धक एनएमबि क्यापिटलले भने तिहारको विदालाई मध्यनगर गरेर लगानीकर्ताको सहजताका लागि निष्कासन मिति परिवर्तन गरिएको सूचनामा उल्लेख छ । “तिहारको लामो सार्वजनिक बिदा पर्न गएको हुँदा लगानीकर्तारूको सहजतालाई मध्यनजर गर्दै उक्त निष्कासनको समयलाई परिवर्तन गरी मिति २०८० मंसिर ४ गते सोमबारबाट बिक्री खुला गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूति गरिन्छ,” सूचनामा उल्लेख छ । कम्पनीले पहिलो चरणमा वैदेकि रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० मा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३० लाख कित्ता सेयर निष्कासन गर्ने मिति तय गरेको थियो ।

वैदेशिक रोजगारीमा गएका नेपाललीले यो कम्पनीको आईपीओमा मंसिर ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

तर, लगानीकर्ताले सार्वजनिक लेखा समितिमा यो आईपीओमा अनियमितता भएको भन्दै उजुरी दिएका थिए । सोही जानकारीका लागि समितिले तीन वटा निकायलाई जबाफ मागेको छ ।

अर्थको अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x