Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुँदै

एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, २६ मंसिर । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदै छ । लगाार दुई दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

गएको शुक्रबार सांसद सिंहले दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई सरेको हो ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् । एनसेलले भने नियमसँगत नै शेयर विक्री गरिएको बताउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x