नेपाल आयल निगमको कार्यकारी निर्देशक पद रिक्त
 
			काठमाडौं, २७ मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। उनले हिजो दिउँसो ४ बजे वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।
उद्योग मन्त्री रमेश रिजालले थानीको राजीनामा स्वीकृत पनि गरिसकेका छन। थानीलाई २०७८ फागुनमा सरकारले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए।




 
                         
                        