Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

नेपाल-चीनबीच ६ नाका संचालन, तर सरकारसंग छैन ब्यापारघाटा कम गर्ने योजना

नेपाल-चीनबीच ६ नाका संचालन, तर सरकारसंग छैन ब्यापारघाटा कम गर्ने योजना

काठमाडौं, ५ पौष । आर्थिक वर्ष २०७९–८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँका मालवस्तु आयात गर्दा एक अर्ब ७६ करोड बराबरको मात्रै निर्यात गर्यो । गत वर्ष नेपालले जति निर्यात गरेको थियो, त्यसको एक सय २६ गुणा बढी आयात गर्यो । अर्थात् नेपालले एक रुपैयाँको निर्यात गर्दा चीनबाट एक सय २६ रुपैयाँको आयात गरेको हो । अनुपातका हिसाबमा नेपालको सबैभन्दा बढी व्यापार घाटा चीनसँग भइरहेको छ ।

चीनसँग अहिले ६ वटा नाका सञ्चालनमा रहेका छन् । सिन्धुपाल्चोकको कोदारी–तातोपानी, रसुवाको रसुवागढी–केरुङ, हुम्लाको यारी, मुस्ताङको कोराला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला नाका सञ्चालनमा छन् ।

तर यीमध्ये रसुवागढी र तातोपानी नाकाबाहेक अरु केन्द्रीय व्यापारसँग जोडिसकेको छैन । रसुवगढी र तातोपानीबाट हुने व्यापार पनि दिगो देखिएको छैन । पूर्वाधारको विकास गर्न सकेको छैन । यो बीचमा सरकारले मुस्ताङको कोरला नाका पनि नियमित संचालनमा ल्याउने दाबी गरेको छ । तर भौगोलिक अवस्थाले दुई नाकाको तुलनामा कोरलाबाट व्यापार गर्न र बाह्रै महिना संचालन गर्न सहज छैन ।

२०७२ सालमा दुईदेशबीचको सम्झौता अनुसार गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामबगर र मुगुको नाका संचालनमा ल्याउन बाँकी नै छ । त्यसका लागि सरकारी अधिकारीहरुले आवश्यक तयारी अघि बढाएको दाबी गरिरहेका छन् । भौगोलिक कठिनाई र पूर्वाधारको अभावले दुईदेशबीचको कनेक्टिभी सहज छैन । यसबाट नाका खोलेर कतै भारतबाट नाकाबन्दी भएमा विकल्प निर्माण गर्नेबाहेक अरु कुनै लाभ नेपालले लिन सकेको छैन ।

यो बाहेक हङकङ, ग्वान्जाउ, छेन्दु र ल्हासमा गरी ४ वटा महावाणिज्यदूतको कार्यालय पनि छ । यतिमात्र होइन वेइजिङस्थित नेपाली राजदूतावासमा छुटै इकोनोमिक मिनिष्टर पनि छन् । जसको मुख्य जिम्मेवारी दुईदेशबीचको व्यापार सहजीकरण गर्नु हो । तर उनीहरुको सक्रियता खासै छैन । चीन संगको ब्यापारघाटा कम गर्ने हो भने यी निकायहरूलाई सक्रिय बनाउनुपर्ने ब्यापारबिज्ञ रबिशन्कर सैजु बताउनुहुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x