Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेमा झिनाे अंककाे गिरावट, ४ अर्ब २९ करोडकाे काराेबार

नेप्सेमा झिनाे अंककाे गिरावट, ४ अर्ब २९ करोडकाे काराेबार

काठमाडाैं, ९ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनाे अंकले घटेकाे छ । सोमबार ३१ दशमलव ४९ अंकले घटेकाे बजार मंगलबार शुन्य दशमलव ४० अंकले घटेर २ हजार ९८ दशमलव २९ विन्दूमा बन्द भएको हो ।

आज १ करोड १८ लाख १ हजार ३६० कित्ता शेयर ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

आज चन्द्रागिरी हिल्सकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x