सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, १० माघ । सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने बुधबार (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीले पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बिक्री खुला गरेको थियो ।
त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद भने थप गरेको छ । स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो ।
साथै, कम्पनीले २ लाख ६७ हजार कित्ता आइपिओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निष्कासन गरेको हो ।
कम्पनीको आइपिओमा प्रतिकित्ता ३६०.९० रुपियाँका दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम कित्ता ५० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।