Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

महिला लघुवित्त र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

महिला लघुवित्त र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले यो वर्ष शेयर धनीलाई लाभांश नदिने भएका छन् ।

यी दुवै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका हुन् ।

महिला लघुवित्तको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।

दुवै कम्पनीको बैठकले साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेका छन् ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x