आन्तरिक राजस्व विभागकाे महानिर्देशकमा भुपाल बराल, मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन सारियाे
काठमाडाैं, २० माघ । आन्तरिक राजस्व विभागकाे महानिर्देशककाे जिम्मेवारी भुपाल बराललाई दिइएकाे छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थमन्त्रालय सहित मातहतका महत्वपूर्ण पदमा रहेकाे कर्मचारीकाे जिम्मेवारी हेरफेर गरेका हुन् ।
अर्थमन्त्री महतले बराललाई महानिर्देशककाे जिम्मेवारी दिएपछि दिर्घराज मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन कार्यालय पठाइएकाे छ ।
२०७९ मंसिर दोस्रो सातादेखि मैनाली विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। उनी राजस्वका अब्बल क्याडर मानिने मैनालीले कर सम्बन्धमा अर्थमन्त्री महतलाई सुझाव समेत दिएका थिए ।