१४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्बमा सीमित
काठमाडौं, २२ माघ । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आइतबार ५ दशमलव ३१ अंकले घटेको बजार सोमबार १४ दशमलव ५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ विन्दूमा बन्द भएको हो ।
सोमबार ७४ लाख ९१ हजार कित्ता शेयर २ अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये १४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ८६ वटाको घटेको छ । बाँकी रहेका १३ कम्पनीको शेयरमूल्य स्थिर छ ।
सोमबार २ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको १८ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।