Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेशनल लाईफ इन्स्योरेन्सकाे ३७ औं वार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सकाे ३७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडाैं, १२ फागुन । नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड ३७ औँ वर्षमा प्रवेश गरेकाे छ । कम्पनीले शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी ३७ औँ वार्षिकाेत्सव मनाएकाे हाे ।

उक्त अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम संचालन गरिएको थियो। ५० भन्दा बढी कर्मचारीहरुले सो अवसरमा रक्तदान गरेका थिए । यस्तै, कम्पनीले अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडी पनि वितरण गरिएको छ।

कम्पनीको जीवन बीमा कोषमा ७१ अरब रुपैयाँ बराबर रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८÷०९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ।

कम्पनीको ११७ शाखा कार्यालयमा ५०० कर्मचारी कार्यरत छन् भने १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x