Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सूर्योदय वोमी लघुवित्तको ६ हजार २०६ कित्ता संस्थापक सेयर विक्रीमा

सूर्योदय वोमी लघुवित्तको ६ हजार २०६ कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं, १८ फागुन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ६ हजार २०६ कित्ता सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै इन्द्रबहादुर गोदारको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याएको हो।

यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेश गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयर खरीदमा आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिने जानकारी समेत कम्पनीले गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *