Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से सूचक ७०.३१ अंकले घट्याे, ४ अर्ब ११ करोडकाे काराेबार

नेप्से सूचक ७०.३१ अंकले घट्याे, ४ अर्ब ११ करोडकाे काराेबार

काठमाडौं, २२ फागुन । साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको हो ।

मंगलबार कारोबार भने बढेकाे छ। आज ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।  हिजाे ११७ अंकले नेप्से परिसूचक बढ्दा ३७ करोडको कारोबार भएको थियो ।

आज आज हाइड्रोपावर समूहको उपसूचक ४.३० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो ४.२० प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ३.६९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ३.६५ प्रतिशतले, लाइफ इन्स्योरेन्स ३.४९ प्रतिशतले र बैंकिङ समूह ३.०१ प्रतिशतले घटेका छन् ।

यता म्युचुअल फन्डको उपसूचक आज ०.६६ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x