सामान्य अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं, ५ चैत । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर २ हजार ७३ दशमलव ५३ विन्दुमा बन्द भएको हो ।
सोमबार २ अर्ब ८८ करोड ५६ लाख रूपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको हो ।
सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज ५ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड १४ लाख बराबरको सेयर कारोबार भएको हो।