सर्वोत्तम सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं, ५ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त आईपीओ लाई कम्पनीको नेटवर्थ १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच एक सय अङ्कित मूल्यका ४ करोड ६५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आएमई क्यापिटल लिमिटेड मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै अब मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।