Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सामुहिक एजेण्डा लिएर आउन व्यवसायीलाई अर्थमन्त्रीकाे आह्वान

सामुहिक एजेण्डा लिएर आउन व्यवसायीलाई अर्थमन्त्रीकाे आह्वान

काठमाडाैं, २८ चैत । अर्थमन्त्री वर्षमान पुनले निजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं बार्षिक साधारणसभामा अर्थमन्त्री पुनले  विगतमा सरकारकै कारण आज गम्भिर परिस्थित आएकाे भन्दै अब निजि क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका हुन्।

अर्थमन्त्री पुनले उद्योगी व्यवसायीहरुलाई एकताबद्ध भएर देशको लागि काम गर्न आह्वान गरेका छन् ।उद्योग व्यवसायीहरुको छाता संगठनलाई सामूहिक एजेण्डा लिएर आउन समेत उनले आह्वान गरे।

अर्थमन्त्री पुनले आफ्नो कार्यकालमा नतिजा देखिनेगरी काम गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्लो एक महिनामा मात्रै ७० अर्ब रुपैयाँ निर्माण व्यवसायीहरुको निकासा गरिएको बताउँदै भुक्तानी दिने कार्य फटाफट गर्ने नीति लिइएको उल्लेख गरे ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *