Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

यस्तो छ यो साताको सेयर बजार

यस्तो छ यो साताको सेयर बजार

काठमाडौं, २९ वैशाख । यो साता नेपाल स्टक एक्स्चेञ्ज नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। बजार यो साता ३२ दशमलव ७३ अंकले घटेर १९६६ दशमलव २३ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको मंगलबार र बिहीबार नेप्से बढेको थियो।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ६४ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ९० करोडको सेयर कारोबार भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ५१ अर्ब घटेर ३१ खर्ब १७ अर्ब रुपैयाँ पुगेको रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x