Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘दाल गेडागुडी आयातमा लगाइएकाे १० प्रतिशत अग्रिम आयकरले उद्योग जोखिममा’

‘दाल गेडागुडी आयातमा लगाइएकाे १० प्रतिशत अग्रिम आयकरले उद्योग जोखिममा’

काठमाडाैं, १८ जेठ । नेपाल चामल तेल दाल उद्योग संघले आर्थिक बर्ष २०८१÷०८२ मार्फत नेपालीको भान्छामा दैनिक प्रयोगहुने अत्यावश्यक खाद्यान्नको प्रसोधन गरी बिक्री बितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा लगाइएकाे १० प्रतिशत अग्रिम आयकरमा विरोध जनाएको छ ।

कच्चा पदार्थ आयातमा १० ५ अग्रिम आयकर थपिदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसंग प्रतिस्पर्धा गर्न नसकी यहांको उद्योग बन्द हुने भएको संघकाे भनाइ छ ।

कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिदा स्वदेशी उद्योग टिक्न नसकिने संघकाे ठहर छ । हाल मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ । यो संगै अतिरिक्त १० ५ अग्रिम आयकर भंसारमै बुझाउने ब्यवस्था गरेको छ । यसरी कर माथी कर थपिंदा दाल गेडागुडी महंगो हुने संघले जनाएकाे छ ।

नेपालमा करीब ३५ बटा दाल उद्योग संचालनमा रहेको छ । दाल उद्योगमा लगभग ३५ अरबको लगानी छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ हजारले रोजगारी पाईरहेकाछन् । नेपाल सरकारलाई निरन्तर कर बुझाई राजश्वमा पनी योगदान दिंदै अएको छ । हाम्रो बिचारमा कुनै उद्योगलाई १० ५ अग्रिम आयकर लगाउने सरकारको मनसायनभएर दाल उद्योगमा त्रुटीपूर्ण अग्रिम आयकर थपिएको हुन सक्छ ।

एचएस कोड ०७१३ मा खान हुने बनस्पति र केही जराहरु र गानाहरु भएकोमा आलु प्याजहरु यस्तै हार्मोनिक कोड संगै भएकोले दालमा पनी त्रुटीपुर्ण त्यही लाईनमा समाबेस भएको हुन सक्छ ।

‘कच्चा दालमा १० प्रतिशत अग्रिम करको नीति उपयुक्त देखिदैन किनभने एकातर्फ सरकारले खुद नाफामा २० प्रतिशत सिमित गरीरहेको छ भने अर्कोतर्फ १० प्रतिशत अग्रिम करले न्युनतम खुद नाफामा ५० प्रतिशत हुनु पर्ने देखाउछ । यो अवस्थामा अब कसरी उद्योग चलाउने । आफ्नो सम्पूर्ण पूंजिनै अग्रिम आयकरको रुपमा जम्मा भई उद्योग संचालन गर्न नसक्ने हुंदा उद्योग बन्द हुने अवस्था सिर्जना हुन्छ’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x