Date

शुक्र, कार्तिक २३, २०८१
Fri, November 8, 2024

१० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.८ प्रतिशतले बढ्याे

१० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७.८ प्रतिशतले बढ्याे

काठमाडाैं, ३१ जेठ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४४३ अर्ब ८ करोड (७.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । 

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।

२०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०८० बैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x